जोडिनुहोस
शनिबार, जेष्ठ २३, २०८३
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्‍याली सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्‍याली सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍याली भव्यतापूर्वक सम्पन्न भएको छ । जेठ २३ गते शनिबार काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको उक्त र्‍यालीमा करिब १५ सय जनाको सहभागिता रहेको थियो । र्‍यालीले नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर, नयाँ बानेश्वर, गौशाला, नक्साल, बालुवाटार हुँदै पुनः एलिस रिसेप्सनसम्मको १४ किलोमिटर दुरी पार गरेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई बैंककी सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गर्नुभएको थियो भने लक्की ड्र मार्फत विजेता बनेकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल प्रदान गर्नुभएको थियो । वातावरण संरक्षणका साथै साइकल संस्कृति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले २०७९ सालदेखि यो र्‍याली आयोजना गर्दै आएको छ । हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको यस बैंकले आगामी दिनमा संस्थागत सुशासन र जोखिम व्यवस्थापनलाई चुस्त राख्दै सेवा थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका