जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • १४ वटा बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका राजु मिजार धुम्बाराहीबाट पक्राउ

१४ वटा बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका राजु मिजार धुम्बाराहीबाट पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादर सम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ। सीआईबीको विशेष टोलीले काठमाडौंको साविक विष्णु गाविस–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–५ बस्ने ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो। उनलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–४, धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिइएको सीआईबीका सह–प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

पक्राउ परेका मिजारविरुद्ध काठमाडौं जिल्ला अदालतमा १२ वटा बैंकिङ कसूर र २ वटा चेक अनादरसम्बन्धी मुद्दा दायर भएका थिए। ती मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै कुल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ ३९ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। साथै अदालतले उनलाई ९० दिन कैद सजायसमेत तोकेको थियो। फैसलापछि फरार रहेका मिजारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका