जोडिनुहोस
मङ्लबार, जेष्ठ २६, २०८३
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • विदेशमा अध्ययनरत विद्यार्थीलाई मुद्रा सटहीमा थप ५ प्रतिशतसम्म रकम पठाउन पाइने

विदेशमा अध्ययनरत विद्यार्थीलाई मुद्रा सटहीमा थप ५ प्रतिशतसम्म रकम पठाउन पाइने

नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई पठाइने रकममा विनिमय दरको उतारचढावका कारण हुन सक्ने अपुगतालाई सम्बोधन गर्दै नयाँ व्यवस्था गरेको छ। केन्द्रीय बैंकले ‘एकीकृत परिपत्र–२०८२’ मा संशोधन गर्दै कुल रकममा बढीमा ५ प्रतिशतसम्म थप गरी विदेशी मुद्रा सटही गर्न सकिने सुविधा ल्याएको हो। यस व्यवस्थाले विदेशमा पढ्ने विद्यार्थीहरूको ट्युसन शुल्क र जीवनयापन खर्च भुक्तानी प्रक्रियामा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूका अनुसार यसअघि अमेरिकी डलरको विनिमय दरमा आउने उतारचढावका कारण बीचमै रकम अपुग हुने समस्या देखिँदै आएको थियो, जसले गर्दा अभिभावकहरूले पुनः रकम पठाउनुपर्ने झन्झट बेहोर्नुपर्थ्यो। अब एकै पटक केही प्रतिशत अतिरिक्त रकम पठाउन सकिने कानुनी बाटो खुलेकाले यो प्रक्रिया निकै सरल र व्यवस्थित हुने बैंकहरूको भनाइ छ। यसका साथै राष्ट्र बैंकले विदेशी विनिमय सटही प्रक्रियालाई अझ छिटो र आधुनिक बनाउन डिजिटल हस्ताक्षर (डिजिटल सिग्नेचर) र इलेक्ट्रोनिक कागजातलाई समेत मान्यता दिएको छ। समग्रमा राष्ट्र बैंकको यो पछिल्लो कदमलाई विद्यार्थी, अभिभावक र बैंकिङ क्षेत्र दुवैका लागि सहजीकरण गर्ने एक सकारात्मक कदमका रूपमा लिइएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?