जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ थप सहज,

एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ थप सहज,

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौँ ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट nicasiabank.com लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ।

बैंकले आफ्ना सेवा तथा सुविधा थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्यअनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो। ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (भ्वाइस कमान्ड)द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ।

यसका साथै ग्राहकले खोजेअनुसारको प्रोडक्ट र विवरण उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्छन्।

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबजस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ। वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, सेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाका साथमा बैंकका शाखा, एक्सटेन्सन काउन्टर, एटीएमहरुको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घन्टा च्याटबट सेवासमेत उपलब्ध छन्।

बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमा रहेको ओम्नी च्यानल प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्स सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौँ सेवा वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ। बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई बैंकका बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीमध्येको हो।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालय स्थापना गरेको छ।

1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका