जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनी भित्र अर्को डरलाग्दो बदमासी, कर्जा लिदै फिक्स डिपोजिट गर्दैः नेपाल बीमा प्राधिकरण बेखबर !

जीवन बीमा कम्पनी भित्र अर्को डरलाग्दो बदमासी, कर्जा लिदै फिक्स डिपोजिट गर्दैः नेपाल बीमा प्राधिकरण बेखबर !

मुलुक संघ र प्रदेशको आम निर्वाचनमा होमिएको मौका छोपी बीमा कम्पनीहरुबाट सस्तोमा कर्जा लिएर महंगो ब्याजमा बैंकहरुको मुद्दती निक्षेप गराएको भेटिएको छ । बैंकका उच्च कर्मचारीहरु सिकाउने र बैंकका ठूला ग्राहक बीमाबाट कर्जा लिएर बैंकमै पैसा राखी उच्च ब्याज लिँदै आएको रहस्य खुलेको हो । एक बीमा कम्पनीका सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग प्रस्टै भनेः– अहिले हाम्रा अभिकर्ता र ग्राहकहरुले बीमा लेख धितोराखी कम ब्याजदरमा पैसा लिएर वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा चर्को ब्याजदरमा पैसा राखेका छन् । उनीले थपे यसबारेमा बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक बेखबर बन्नुले कस्तो सन्देश दिन्छ ? गलत मनसापका कारण कर्जा लिएर रातारात बीमाका ग्राहक र अभिकर्ता कमाउ धन्दामा लागि परेका छन् । तर, नेपाल बीमा प्राधिकरण बोल्दैन कारण के हो ? यो चाहि खोजीकै विषय बनेको छ । देशको अर्थतन्त्र विरामी छ । ठूला सामान खरिदको एलसी बन्द छ । बैंक र वित्तिय संस्थाहरुमा चर्को तरलता अभाव पनि छ । कर्जा दिन बैंकहरुले सकिरहेको अवस्था छैन । तर, रातारात कमाउ धन्दामा बीमा कम्पनी र बैंकहरुकै मिलोमतो बढेको छ । भन्दा फरक पर्दैन । हेक्का होस् ।

नेपाल बीमा कम्पनीका अभिकर्ताहरुले कहिले नक्कली बीमा लेख बनाएर त कहिले सस्तोमा कर्जा लिएर कमाउन लागिपरे पनि बीमा कम्पनीका सीइओहरु तै चुप मै चुप रहनु कति उचित होला नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस्, तत्कालै छानवीन होस् नत्र बीमा माथी नै विकृती फैलिने पक्का पक्की जस्तै छ । हेक्का होस् । जीवन बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगरिदिन आग्रह गर्दै पंक्तिकारसंग प्रस्टै भनेः– अभिकर्ताले यस्तो गलत काम सुरु गरेको र अहिले बिमितले समेत बीमा कम्पनीबाट ऋण लिएर बैंकमा निक्षेप राखेको पाईएको भेटिएको छ नि, उनीले थपे । ‘केही समय अगाडीदेखि कर्जा माग गर्ने अभिकर्ताहरु बढेका थिए, बजार महँगिएर होला भन्ने सोचेका थियौँ ।’ तर, ‘पछिल्लो समय अलिक अस्वभाविक देखिएपछि हामीबाट कर्जा लिएर बैंकमा निक्षेप राखेको पाइयो नि ।’ प्राय सबै ग्राहक र अभिकर्ताहरुले सबैले यसरी गलत मनशायका साथ कर्जा नालोएको भए पनि अधिकाशंले भने बैंकमा राख्नैकै लागि कर्जा लिएको पाईएको प्रस्टै देखिन्छ । यस्ता ऋणीहरुले गर्दा बास्तविकरुपमै अप्ठारोमा परेर कर्जा माग गर्नेलाई मारमा परेको देखिन्छ । हेक्का होस् ।

अहिले प्राइम, ज्योति लाईफल ब्याजदर परिर्वतन गरि १२ प्रतिशत लिएको देखिन्छ । ६ महिनामा नै ब्याज तिर्ने गरि कात्तिक १ गतेदेखि नै लागु भएको कम्पनीले जनाएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी नेपाल) ले बढाएर ११ प्रतिशत ब्याजदर कायम गरेको छ । रिलायन्स, महालक्ष्मी लाईफ लगायतका इन्स्योरेन्सहरुले पनि ब्याजदर बढाउने तयारी गरेको भेटिएको छ । भन्दा फरक पर्दैन

भनिन्छ ‘भोली समयमा किस्ता तिर्न नसके घाटा बीमा कम्पनीलाई नै हो । त्यसैले बजारमा मूल्य वृद्धि भएको बेला हाम्रा ग्राहक बचाउँ भन्ने कम्पनीको पनि चाहना पनि हुन्छ । त्यसैले अहिलेसम्म सधै अतिरिक्त नाफा खोज्नुहुन्न भनेर अधिकार पाउँदा पनि ब्याजदर बढाएनौँ । नत्र, बैंकले बढाउदासाथ हामीले पनि बढाउन सक्थ्यौँ । अहिले बाध्य भएर बढाएका छौ ती सीइओले दाबी गरे । अभिकर्ता तथा बिमितले यसको गलत फाइदा उठाएपछि बाध्य भएर ब्याजदर बढाएको र यसले निम्म वर्गिय ग्राहकलाई भने असहज पार्ने देखिएको छ भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू । भनिन्छ कानुनले दिएको अधिकार बमोजिम कम्पनीहरुले ब्याजदर परिमार्जन तथा समायोजन गर्न व्यवस्था छ । बीमा प्राधिकरणको स्वीकृत लिएर कम्पनीले बीमालेख राखेको कर्जा दिँदा ब्याजदर निर्धारण गर्ने हो ।’ यस्तो कर्जामा जविन बीमा कम्पनीहरुले १२ प्रतिशत भन्दा बढि ब्याज लिन पनि सक्ने अवस्था छ त केहीले मात्रै बढाएको भेटिएको छ । अहिले प्राइम, ज्योति लाईफल ब्याजदर परिर्वतन गरि १२ प्रतिशत लिएको देखिन्छ । ६ महिनामा नै ब्याज तिर्ने गरि कात्तिक १ गतेदेखि नै लागु भएको कम्पनीले जनाएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी नेपाल) ले बढाएर ११ प्रतिशत ब्याजदर कायम गरेको छ । रिलायन्स, महालक्ष्मी लाईफ लगायतका इन्स्योरेन्सहरुले पनि ब्याजदर बढाउने तयारी गरेको भेटिएको छ । भन्दा फरक पर्दैन । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले केही समय अगाडी नै ब्याजदर बढाएको हो । कम्पनीले १० प्रतिशतबाट एकैपटक २० प्रतिशत बढाई १२ प्रतिशत पु¥याएको हो । जसकारण कम्पनीका अभिकर्ताहरुले यसको विरोध गर्दै आएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

 

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा जीवन बीमालेख खरिद गरेका बीमितले उक्त बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था गरेको देखिन्छ । कम्पनीहरुले वाणिज्य बैंकहरुले लिएको प्रचलित ब्याजदर बन्दा बढि नहुनेगरी लिन सक्ने व्यावस्था गरिएको छ । ‘बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्नेछ र ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृत लिई निर्धारण गर्नुपर्ने छ,’ निर्देशिकामा उल्लेख छ । भन्दा फरक पर्दैन ।

एक एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा रकम सुरुमै बुझाएपनि कर्जा लिन तीन वर्ष कुर्नुपर्ने हुन्छ । कर्जा रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटिमा हजार रुपैयाँ लिन सकिन्छ । भन्दा फरक पर्दैन । सबैभन्दा नेपाल लाईफ इन्स्योरेन्स, ज्योतिलाइफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योरेन्सबाट यस्तो सस्तो कर्जा बैंकमा पुगेको भेटिएको छ । हेक्का होस् ।

निर्देशिका अनुसार बिमितले कम्पनीलाई तीन वर्षको बीमाशुल्क तिरिसकेपछि बीमालेख धितो राखेर कर्जा लिन सक्ने व्यवस्था छ । यता, एक एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा रकम सुरुमै बुझाएपनि कर्जा लिन तीन वर्ष कुर्नुपर्ने हुन्छ । कर्जा रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटिमा हजार रुपैयाँ लिन सकिन्छ । भन्दा फरक पर्दैन । सबैभन्दा नेपाल लाईफ इन्स्योरेन्स, ज्योतिलाइफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योरेन्सबाट यस्तो सस्तो कर्जा बैंकमा पुगेको भेटिएको छ । हेक्का होस् । मौकाको फाइदा उठाउने जताबाट पनि कमाउने बीमा अभिकर्ता र बीमितको यो चलाखीपूर्ण कर्जालाई कसले रोक्ने यो चाहि खोजीकै बिषय बनेको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू हेक्का होस् । नेपाल राष्ट्र बैंकले समेत यसबारेमा कुनै चासो नदिनु र बैंकहरुलाई जे पनि गर्न छुट दिनुले नै अर्थतन्त्र बिरामी भएको हो भन्दा अन्यथा नहोला । सचेत भया ।

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका