जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • जगदम्बा स्टिल्सका सञ्चालक र व्यवसायी भट्टविरुद्ध बैंकिङ कसुरको मुद्दा

जगदम्बा स्टिल्सका सञ्चालक र व्यवसायी भट्टविरुद्ध बैंकिङ कसुरको मुद्दा

जगदम्बा स्टिल्स लिमिटेडले बैंकबाट लिएको अर्बौं रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको छ। विशेष सरकारी वकिल कार्यालयले उद्योगका सञ्चालक शुलभ अग्रवाल, साहिल अग्रवाल, शंकरलाल अग्रवाल र व्यवसायी दीपक भट्टलाई प्रतिवादी बनाउँदै बैंकिङ कसुरको मुद्दा अघि बढाएको हो।

अभियोगपत्रमा उनीहरूले विभिन्न बैंकबाट कार्यशील पुँजीका रूपमा लिएको ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७ पैसा दुरुपयोग गरेको दाबी गरिएको छ। अनुसन्धानका अनुसार उद्योगका लागि स्वीकृत कर्जाको रकम विभिन्न बहानामा दीपक भट्टको व्यक्तिगत खातामा सारिएको थियो। सो रकम पछि हिमालयन रि–इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिदमा प्रयोग भएको पाइएको छ।

सरकारी पक्षले उक्त रकम जग्गा खरिदको ‘बैना’ भन्दै देखाइए पनि वास्तविक रूपमा अन्य प्रयोजनमा लगानी गरी योजनाबद्ध रूपमा बैंक र नियमनकारी निकायलाई झुक्याइएको निष्कर्ष निकालेको छ। अदालतमा दायर अभियोगपत्रमा प्रतिवादीहरूबाट बिगो असुलउपर गरी अधिकतम सजाय तथा जरिवानाको माग गरिएको छ। साथै, घटनामा संलग्न मध्ये फरार रहेका साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।

यस प्रकरणमा दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा समेत छुट्टै अनुसन्धान जारी छ। यो मुद्दाले बैंकिङ प्रणालीको दुरुपयोग गरी संस्थागत रकम व्यक्तिगत लगानीमा खन्याउने प्रवृत्तिलाई पुनः सतहमा ल्याएको छ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?