जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक

बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक

नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक तथा वित्तीय संस्था विदा हुने सूची सार्वजनिक गरेको छ । विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई विदा हुने भएको छ ।

तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै विदा हुनेछ । यस पटक दसैँको विदा ७ दिन परेको छ । असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई विदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन विदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार विदा छ । ५ वटा विदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।

यीबाहेक प्रत्येक शनिबार विदा हुनेछ । वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका