जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाणिज्य बैंकका ३ सीइओ र २ अध्यक्षको जागिर जाने

बैंकिङ्ग

वाणिज्य बैंकका ३ सीइओ र २ अध्यक्षको जागिर जाने

अध्यक्षको उमेर हद ७० वर्ष र सीइओको उमेर हद ६५ वर्ष

वाणिज्य बैंकका ३ सीइओ र २ अध्यक्षको जागिर जाने

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिका हेर्दा वाणिज्य बैंकका २ अध्यक्ष र ३ सीइओको जागिर जाने देखिन्छ । राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुसार अध्यक्षको उमेर हद ७० वर्ष र सीइओको उमेर हद ६५ वर्ष निर्धारण गरेको छ ।

यो निर्देशिका कार्यन्वयनमा आएसंगै ७४ वर्ष नाघेका बैंकका संचालकहरुले तत्कालै पद छोड्नु पर्ने भएको छ । भने अरु कार्यरत सञ्चालकहरुले ७४ पुगेकै दिन बैंक छोड्नु पर्ने भएको छ । कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको हकमा ६९ वर्ष निर्देशिका लागु हुनु अगाडि नियुक्त भएपनि सीइओ बन्न पाउदैन ।

यो व्यवस्थासंगै नबिल बैंकका अध्यक्ष शम्भु पौडेल र एभरेष्ट बैंकका बि.के. श्रेष्ठले पद छोड्नुपर्ने भएको छ भने सीइओको हकमा बैंक अफ काठमाण्डूका सीइओ सोहन देव पन्त, प्राइम बैंक लिमिटेडका सीइओ नारायणदास मानन्धर, हिमालयन बैंकका सीइओ अशोक राणा मध्ये राणा र पन्तले करिब १ वर्षपछि जागिर छोड्न पर्ने देखिन्छ । राजतिलक साप्ताहिक

12495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका