जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुनेछ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका