जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

एनसेल आजियाटाले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ।

नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको एनसेलले जनाएको छ। गत जेठ ९ गते प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकिस्तान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो।

परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार १८ वटा देशहरुको शुल्क कर बाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क कर बाहेक ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट ४ रुपैयाँ ९९ देखि  १५ रुपैयाँ सम्म लाग्ने गरेको थियो।

अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवाप्रदायकले लिने शुल्कभन्दा निकै नै कम रहेको जिकिर छ। अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी ब्योहोर्दै आएको जनाएको छ। यस अघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई सेवा दिँदै आएको दाबी गरेको छ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कलमा हुने आयमा  २७ करोड भन्दा बढी नोक्सानी ब्योहोरिसकेको जनाएको छ।युरोपेली देशमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा धेरै बढी रहेकाले शुल्क परिमार्जनपछि पनि एनसेल घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणबाट स्वीकृत कल शुल्क प्रति मिनेट ३० रुपैयाँ रहे पनि कुनै देशमा कल शुल्क करबाहेक १ हजार १ सय ७० रुपैयाँ ३० पैसासम्म रहेको एनसेलले जनाएको छ।

4660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका