जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका संचालकले करौडौ रकमको बार्गेनिङ गरेको सूचना पाएको छु: अर्थमन्त्री शर्मा

राष्ट्र बैंकका संचालकले करौडौ रकमको बार्गेनिङ गरेको सूचना पाएको छु: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका संचालकले करौडौ रकमको बार्गेनिङ गरेको सूचना पाएको खुलासा गरेका छन्। अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको उनले बताएका हुन्। 

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताए । उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पु¥याइन्छ भनेर प्रश्न गरे । यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडिया दिने काम भएको आरोप लगाए।  उनले राष्ट्र बैंकमा बदमासी भइराखेको , एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा आफूलाई थाहा नभएको बताए । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने उनले बताए । मन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खाले एकिन रेकर्ड माग गरे ।

उहाँले भने ,‘राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनी कसैले मलाई फोन गर्दछन यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ ।  के रे शेयर किन्ने पैसामा क्याप लाइसक्यो । ४ ÷१२ गराइयो । किन गराएको भन्ने प्रश्न सोध छ । अनि म गभर्नर साबलाई सोध्छु । के हो यो । के गर्नू भएको हो । के भन्ने हो मैले जवाफ मैले सल्लाहकारलाई सोध्नु त प¥यो नी ।  सोध्न अन्त कहाँ जाने ? कहिले कहि बैंकको ब्याज बढ्छ । कनि बढ्यो ब्याज भनेर सोध्नु प¥यो । कहिले काँही कोही आउँछ र निवेदन दिन्छ । त्यो निवेदन के रहेछ हेरिदिनु प¥यो भने पछि मिडियालाई बुझाइन्छ । हस्तक्षेप ग¥यो अर्थमन्त्रीले भन्ने छ । ऐन कानुनले चल्ने हो । मन्त्री होस् वा कुनै संस्था होस् । कोही सम्बोधन गर्न आयो नदिने । मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्नुु दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहा पु¥याइन्छ किन ? यस्तो अनुशासनले हुन्छ । कतिपय सूचनाहरु हुन्छन रिर्पोट गर्नु पर्ने रिर्पोट हुँदैन । बन्दमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनीङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनीङ गरेको सञ्चालक समिति सदस्यले अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ । हामीले केही समय एलसी नखाल्ने भनेका छौं । म आग्रह गर्न चाहान्छु । १० देखि १५ दिन यता तिले एलसी खोले मलाई रेकर्ड  चाहिन्छ । यो छलफल भएको १५ दिन भएको छ । एलसी कतिले खोले यो निजि क्षेत्रलाई पनि साथमा लिएर सरकारले गर्ने हो ।’ 

त्यस्तै अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए । उनले श्रीलंका र नेपालको ऋणको ,उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए । मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताए । उनले विलासीताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । उनले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताए  । सरकारले बनाएका  नीतिमा नै समस्या रहेको बताए । बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नू पर्ने मन्त्री शर्माले बताए  ।

उनले भने‘ कतिपयलाई सहर छ नेपाललाई श्रीलंका बनाउने । ती न को सपना पूरा हुँदैन । नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुरालाई हेनुस् । हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस् । ऋण सायताको कुरालाई हामीले हेरौं भने त्यहाँ तुलना हुने कुरा नै छैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आत्कित पार्ने एक थरिहरुले गरिरहेका छन् । त्यो गलत छ । त्यसको खण्डन गर्नु पर्छ । अर्थतन्त्रमा समस्याहरु छ हामीले पनि भनिरहेका छौं । बदल्नु पर्छ तरिका भनेका छौं । चिन्ता व्यक्त गर्नेहरु जो छ उनीहरुलाई सलाम गर्नू पर्छ । दुई वटा छन यहाँ चिन्ता गर्नेहरु त्यस कारणले नेपाल श्रीलंका हुन सक्दैन ।  श्रीलंकासँग तुलना गर्दै जनतालाई आत्कित गर्नेहरुलाई म अपिल गर्न चाहान्छु । यस्तो प्रचारको अन्त्य गरौ हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन त्यसमा बहस गरौं । आवश्यकता आज यो हो । अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ । यो भन्दा तल नझरोस् भनेर हामी सर्तक हुनु पर्छ । किन बढ्दै गयो भन्दा विलाहिताका सामान हामीले छुट दियौं धेरै,हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो । हामील्े स्याउ आयातमा प्रात्साहित गरौं हाम्रो गल्ति त्यहाँ भएको छ । हाम्रा आलुहरु दरदराजमा त्यतिकै फाकिएका छन । तीनीहरुलाई बजारमा पु¥याउने सोच बनाएनौं । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । त्यस कारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं । हाम्रो त्यादन भएको प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं । यहाँ छ कुरा ।हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हामीले नीतिमा कतै कमजोरी भयो । अनुदान भने बाली अडुपौं । तर त्यो अनुदान कहाँ गयो। त्यसले किन उत्पादन वृद्धि गरेन । हाम्रो नीतिमा कतै गडबढी भयो । कार्यान्वयन क्षेत्रमा समस्या आयो । नीतिको दुरुपयोग भयो वा भष्टाचार भयो । खोज्नु पर्ने यहाँ छ । हामीले हिजो भएका कपडा अन्य उद्योगहरु बन्द गरौं । आज बाहिरबाट ल्याएर लगाइ रहेका छौं ।’

त्यस्तै मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धको कारण थप समस्या आएको स्वीकार गरे । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताए । नेपालको अर्थतन्त्रमा पछिल्लो समय अत्याधित,पेट्रोलिय पदार्थको आयात,अनाश्यक विलासिताका बस्तु आयात,चाहिने भन्दा बढी गाडी आयात गरकाले अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री शर्माले बताए । 

उनले भने,‘ नेपालको अहिले आर्थिक अवूस्थाको बारेमा  विभिन्न ढङगले छलफल र बहसहरु  गरिरहेका छौं । अर्थतन्त्र राजनिति, महामारी, विश्व परिस्थिती, हाम्रो आफ्नो क्रियाशिलता उत्पदान क्षमता सहितको विश्व परिस्थितिसँग पनि जोडिएको हुन्छ । यो कुनै एउटा स्वायतता क्षेत्र मात्रै होइन । कोरोना महामारीको लहरसँगै सुस्ताएको विश्व अर्थतन्त्र संकटग्रस्त नै भएको अवस्थामा अहिले त्यसबाट बाहिर निस्कन नपाउँदै फेरी विश्वमा देखिएको नयाँ परिस्थिति विश्वमा भइरहेको धुव्रिकरण रुस र युक्रेन भएको युद्ध भएको छ । त्यसले पारेको प्रभाव युद्ध मात्रै नभएर त्यहाँको युद्ध श्रोत केन्द्रित रहेको छ । स्रोतहरुमा युद्धको कारणले पारेको प्रभावहरुमा आज हामी पनि असर गरेको छ । अर्थतन्त्रलाई कसरी गतिसिल बनाउने भन्ने कुरामा जानु प¥यो । के कारणले समस्या प¥यो पेट्रोलियम पदार्थ तेल बढी आयात गरेर , विलासिताका वस्तुहरु बढी आयात गरेर,आवश्यकता भन्दा बढी गाडीहरु आयात गरेर ।  त्यो गाडी मात्रै आयात गरेनौं कि गाडी आयात गर्दै यति आयातको पेश्की छाड्यौं कि थप त्यो भन्दा बढी आयात पेट्रोलिय म पदार्थ गर्नु  पर्ने अवस्थाबाट सुरु भएको छ । त्यसकारणले हामीले आफ्नो स्रात साधनको उपयोग कसरी गर्ने भन्ने आएको छ । त्यसको सदुपयोग पहिला सुशासनबाट हुन्छ । पारदर्शिताबाट सुरु हुन्छ । आफ्ना जिम्मेवारीबाट सुरु हुन्छ । यस्ता कुराले पनि अर्थतन्त्रमा प्रभाव पार्छ । हाम्रा स्रोत साधनको भरपुर प्रयोग गर्ने हो ।’

अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्याइरहेको बताए  । उनले ती प्रविधिले पुर्याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गरे ।

उनले भने ‘ प्रविधिको विकास भइराख्छ । प्रविधिको विकासले आउने चुनौतीबाट हामीले डराउने होइन । प्रविधिको विकास हुन्छ । त्यसले मानव सभ्यतालाई सामन समाजलाई सकारात्मक प्रभाव दिन्छ । जहाँ सकारात्मक कुरा हुन्छ त्यहाँ थप नसकारात्मक कुरा सँगसँगै आउँछ । पछिल्लो समय प्रविधिको विकासले विश्व डिजिटलाइज बन्दै छ । यसले एउटा सकारत्मक प्रभाव ल्यायो । सँगै नकारात्मक कुराहरु पनि ल्याएको छ । हाम्रो अर्थतन्त्रमा त्यस्ता समस्याहरु पनि थपिए । मैले पाँच महिना अगाडि यस्तो कुरा आउँदै छ रे भनेर सोधेको थिए गभर्नर साबलाई । आज आएर क्रिप्टो हाइपर फण्ड त्यो पनि थाहा थिएन । डिजिटलबाट कताकता पैसा जाने केके विधि आएको छ रे भनेको थिए ।विधि मलाई थाहा थिएन । त्यस्तो चुनौतीलाई हामी सामान गर्न तयार हुनु पर्छ । हाम्रो ध्यान त्यता जानु पर्छ । प्रविधिको विकास गर्नु पर्ने आवश्यकता छ ।’

अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताए  ।

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?