जोडिनुहोस
आइतवार, माघ १२, २०८२
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • फेक रेस्क्यूबाट कराेडाै‌ ठगी

फेक रेस्क्यूबाट कराेडाै‌ ठगी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ । सीआईबी प्रमुख तथा एआईजी मनोज केसीले फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरआजै जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।

जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । योबाट उसले १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका