जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति

डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति

भिस्याट प्रविधिमार्फत टेलिभिजन सेवा सञ्चालन गरिरहेको डिसहोमले इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ।

नेपाल दूर सञ्चार प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको हो।

गत भदौमा सेवा प्रदायकको पनि अनुमति पाउन डिसहोमले निवेदन दिएको थियो। कम्पनीले करिब ३० करोड लागतमा भिस्याट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सुचारु गर्ने भन्दै आइएसपीको अनुमति लिएको हो।

कम्पनीले सिम टिभीको लिंकमार्फत आइएसपी इन्टरनेट सेवा उपलब्ध गराएको बताउँदै आएको थियो। हाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत सुरू गरिसकेको छ। कम्पनीले फेसबुक र युट्युबमार्फत इन्टरनेट सेवा दिने नयाँ योजनाको प्रचारप्रसार गर्दै आएको थियो।

भिस्याट सञ्चालन गर्न नेपालको आफ्नै स्याटलाइट छैन। कम्पनीले इजरायलको स्याटलाइट ‘आमोस’ प्रयोग गरेर टेलिभिजन च्यानलहरूको प्रसारण गरिरहेको छ। इन्टरनेट सञ्चालन गर्न पनि ‘आमोस-१७’ प्रयोग गर्ने जनाएको छ।

15470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?