
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओखलढुंगाका उम्मेदवार विश्वराज पोखरेललाई स्पष्टिकरण सोधेको छ।
आयोगले पोखरेललाई तीन दिनभित्र जवाफ दिन भनेको छ। आयोगले अरु पाँच जनालाई पनि पत्र काटेको छ।
काठमाडौं-४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सुरेन्द्र भण्डारी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल लगायतलाई आयोगले तीन दिनभित्र जवाफ दिन भन्दै पत्र काटेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेत र कोशी प्रदेशका उद्योगमन्त्री इस्राइल मन्सुरीलाई पनि आयोगले तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टिकरण सोधेको छ।
अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई पनि आचार संहिता उल्लंघन गरेको भन्दै दुई दिनभित्र जवाफ पेस गर्न आयोगले पत्र पठाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































