जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिभिल बैंकको दशौँ वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

सिभिल बैंकको दशौँ वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

सिभिल बैंक लिमिटेड आज दशौँ वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको छ ।

बैंकले एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।

बैंकले कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता, बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना र बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग सबैलाई धन्यवाद दिएका थिए ।

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?