जोडिनुहोस
बुधबार, माघ २९, २०८२
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • आइसिएफसि फाइनान्सले सुरु गर्‍यो एक्स्प्रेसन डेबिट कार्ड, इच्छा अनुसारको फोटो राखेर लिन सक्ने

आइसिएफसि फाइनान्सले सुरु गर्‍यो एक्स्प्रेसन डेबिट कार्ड, इच्छा अनुसारको फोटो राखेर लिन सक्ने

आइसिएफसि फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित SCt\ Union Pay को नयाँ एक्स्प्रेसन डेबिट कार्ड सार्वजनिक गरेको छ ।

यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकको व्यक्तित्व, रुचि र आत्म अभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको एक्स्प्रेसन डेबिट कार्डले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आइसिएफसि फाइनान्स ले जनाएको छ । यस कार्डको प्रयोगमार्फत ग्राहकहरूले एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी कार्यहरू सजिलै गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक केन्द्रित समाधानहरू विस्तार गर्ने आइसिएफसि फाइनान्स को निरन्तर प्रयास अन्तर्गत यो सेवा सुरु गरिएको हो । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

एक्स्प्रेसन डेबिट कार्ड, आइसिएफसि फाइनान्सका ग्राहकहरूका लागि ग्राहककै अनुरोध बमोजिम उपलब्ध हुनेछ । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा संस्था को आधिकारिक वेबसाइट सामाजिक संजाल मार्फत लिन सकिनेछ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका