जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • न्यूरो डेभलपमेन्टल उपचारका लागि आईएमई लाइफले दियो ३ लाख रुपैयाँ

न्यूरो डेभलपमेन्टल उपचारका लागि आईएमई लाइफले दियो ३ लाख रुपैयाँ

आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले उपलब्ध गराएको सहयोग न्यूरो विकाससम्बन्धी समस्या भएका बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा उपयोग गरिने जनाएको छ ।

यसअन्तर्गत आईएमई लाइफले ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त रकमबाट प्रभावित बालबालिकाले आवश्यक उपचार, थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यस्ता बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्नेछ । साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफको सामाजिक उत्तरदायित्वले बालबालिकाको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आईएमई लाइफले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जनाएको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?