जोडिनुहोस
बुधबार, फाल्गुन २०, २०८२
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • पैसाको बिटोसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार यादव !

पैसाको बिटोसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार यादव !

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । सिरहा-३ का उम्मेदवार यादव मौन अवधिका बेला नगदसहित पक्राउ परेका हुन् ।

नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा ४ लाख बढी नगदसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरिएको छ । उक्त गाडीबाट प्रहरीले मतपत्रसमेत बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई थप कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि प्रहरीले सवारी साधनमा शंकास्पद वस्तु फेला परेपछि पर्सा-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका मनोज चौधरीलाई पनि पक्राउ गरेको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?