जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वैदेशिक रोजगारीमा जानेले अब सरकारी अस्पतालमा परीक्षण गर्न पाउने

वैदेशिक रोजगारीमा जानेले अब सरकारी अस्पतालमा परीक्षण गर्न पाउने

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण लामो समयदेखि कायम सिण्डिकेट अन्त्य गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदार अबदेखि सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. दीपककुमार साहले मंगलबार वैदेशिक रोजगारमा जाने कामदारले सरकारबाट स्वीकृत प्राप्त वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने निर्णय गरेका हुन्।

मन्त्रीको निर्णय अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको मन्त्रालयले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

‘मन्त्रीस्तरबाट भएको निर्णय अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था बमोजिम यस मन्त्रालयबाट सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका