जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रिलायबल नेपाल लाइफको खुद नाफा २१.९० प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफको खुद नाफा २१.९० प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २२ करोड रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.९० प्रतिशतले बढि हो । जबकी इन्स्यारेन्सले गत आवको दोस्रो त्रैमाससम्म १८ करोड ५ लाख रुपौयँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक अर्ब ७२ करोड २५ लाख रुपौयँ दुद बीमाशुल्क संकलन गरेको छ । उक्त बीमाशुल्क गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशतले कम हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा एक अर्ब ९२ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको बीमा कोषको आकार ५५.८१ प्रतिशतले बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेका थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा पनि २८.१३ प्रतिशतले वृद्धि भएर एक अर्ब २८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको जगेडा कोषमा एक अर्ब ६० लाख रुपैयाँ रहेको थियो ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका