जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१

बैंकको वितरणयोग्य नाफा  ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाका आधारमा लाभांश क्षमता औषतमा १४ दशमलव ७६ प्रतिशत देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको लाभांश क्षमता सबैभन्दा बढी रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले वितरणयोग्य नाफाको आधारमा गत चौथो त्रैमाससम्म ४४ दशमलव ४० प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ । यस बैंकको गत चौथो त्रैमाससम्म ४ अर्ब ५२ करोड २४ लाख २८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ भने चुक्तपूँजी  १० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकपछि यस वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने नबिल बैंकको लाभांश क्षमता बढी रहेको छ ।

नबिल बैंकले वितरणयोग्य नाफाको आधारमा मात्र २९ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको हो । हाल १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ चुक्तापुँजी रहेको नबिल बैंकको विररणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले साढे ४ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

गत वर्ष नेपाल एसबिआई बैंकको लाभांश क्षमता सबैभन्दा कम देखिएको छ । ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको वितरणयोग्य नाफा  ३३ करोड ९२ लाख ५ हजार रुपैयाँ छ । वितरण योग्य नाफाको आधारमा मात्र बैंकले ३ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको हो । गत चौथो त्रैमाससम्म नेपाल एसबिआई बैंकले ९६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीहरुले वितरणयोग्य नाफाबाट शेयरधनीहरुका लागि मात्र लाभांश वितरण गर्न सक्नेछन् । वितरणयोग्य नाफासँगै कम्पनीहरुले शेयर प्रिमियम, रिटेन्ड अर्निंग वापतको रकमलाई समेत जोडेर लाभांश वितरण गर्न सक्नेछन् ।

हेर्नुहोस्, कुनको वितरणयोग्य नाफा कति ?

4640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?