जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • इन्भेष्टमेन्ट मेगा बैंकको उदयपुर शाखामा पनि कर्मचारीले ग्राहकको पैसा चोरे

इन्भेष्टमेन्ट मेगा बैंकको उदयपुर शाखामा पनि कर्मचारीले ग्राहकको पैसा चोरे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्मचारीले गरेका काण्डहरु बाहिरीन थालेका छन् । बैंकको कपीलबस्तु घटना सेलाउन नपाउँदै उदयपुरस्थित गाईघाटको घटना बाहिरीएको छ । उक्त शाखामा ग्राहकको रकम हिनामिना गर्ने कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकको कार्यालय सहायक पदमा कार्यरत उदयपुर त्रीयुगा ५ की सुनिता बानियाँ रहेकी छिन्।

उनले बैंकमा ग्राहकले जम्मा गरेको १ करोड ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै बैंकले नै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई बैंकले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । हाल उनीमा हिरासतमा राखी बैंकिङ कसुर सम्बन्धि मुद्धामा छानविन भइरहेको प्रहरीले जनाएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कपिलवस्तुको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की पक्राउ परेका थिए । कार्कीलाई बैंकमा ग्राहकले जम्मा गरेको १ करोड ६५ लाख हिनामिना गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरीरहेको छ । उनलाई बैंकले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । हाल उनीमा हिरासतमा राखी बैंकिङ कसुर सम्बन्धि मुद्धामा छानविन भइरहेको प्रहरीले जनाएको छ ।

 

305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्