
नेपाल धितोपत्र बोर्डले २०८२ सालको माघ २३ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२’ जारी गरेको छ। यो मापदण्ड २०८३ सालको बैशाख १ गतेबाट लागू हुनेछ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० अन्तर्गत बोर्डको विशेषाधिकार अनुसार, धितोपत्र निष्काशन गर्ने संस्थाहरू तथा धितोपत्र व्यवसायीहरूले पेश गरेका आर्थिक विवरण तथा वित्तीय प्रतिवेदनहरू आवश्यक अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले यो मापदण्ड तयार पार्दा सार्वजनिक निष्काशन प्रक्रियामा पारदर्शिता कायम राख्न र निश्चित वित्तीय सूचकहरूको मूल्याङ्कन सुनिश्चित गर्न ध्यान दिएको जनाएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० मा उल्लेखित बोर्डको विशेषाधिकार अन्तर्गत उपदफा (१) को खण्ड (च) मा धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने व्यवस्था रहेको । उक्त व्यवस्था बमोजिम बोर्डमा प्रारम्भिक सार्वजनिक निष्काशनका लागि आवेदन गरेका संगठित संस्थाको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदनलाई अवश्यकता अनुरूप पुनरावलोकन गरी पारदर्शिता कायम गर्न निश्चित सुचक आवश्यक भएकोले संचालक बोर्डबाट यो मापदण्ड तयार गरी लागू गरेको छ ।
वित्तीय विवरण पुनरावलोकन वा जाँचबुझ
संगठित संस्थाले सार्वजनिक निष्काशनको क्रममा पेश गरेका वित्तीय विवरणहरु देहाय बमोजिमको मापदण्डहरुको आधारमा पुनरावलोकन वा जाँचबुझ गर्न सकिने छ ।
सामान्य मापदण्ड
प्रारम्भिक सार्वजनिक निष्काशन (यस पश्चात सार्वजनिक निष्काशन भनिएको) का लागि आवेदन दिने संगठित संस्थाको विगत तीन आर्थिक बर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र अन्तरिम अवधिको प्रमाणित अपरिष्कृत वित्तीय विवरणसँग सम्बन्धित देहाय बमोजिमको अवस्था रहेमा वित्तीय विवरण पुनरावलोकन वा जाँचबुझ गरिने छ ।
देहायका अवस्थामा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण वा अपरिष्कृत वित्तीय विवरणसँग सम्बन्धित विवरणहरु पुनरावलोकन वा जाँचबुझ गरिने छ ।
क. संगठित संस्थाको विक्री आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित आम्दानी) को पचहत्तर प्रतिशत भन्दा बढी रकम व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिएमा
ख. सरकार वा सरकारी निकायलाई तिर्नुपर्ने कर महसुल लगायतका अन्य रकमहरु सम्भावित दायित्वमा रहेको र सो रकमहरुलाई समायोजन गर्दा सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिएमा ।
ग. सरकार वा सरकारी निकायलाई तिर्नुपर्ने कर महसुल लगायतका अन्य रकमहरु सम्भावित दायित्वमा रहेको र सो रकमहरुलाई समायोजन गर्दा संस्थाको नेटवर्थ चुक्ता पूँजीको आधा वा सोभन्दा कम हुने भएमा ।
देहायको अवस्थामा पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणसँग सम्बन्धि विवरणहरु पुनरावलोकन तथा जाँचबुझ गरिने छः
–आफ्नो मुख्य सम्पत्ति सम्बद्ध व्यक्तिसँगको कारोवार कम्तिमा ३० प्रतिशत रहेको देखिएमा ।
–संगठित संस्थाको लेखा नीति वा लेखाकंन अनुमानमा परिवर्तन भएको (सम्बन्धित नियामकले स्पष्ट निर्देशन दिई परिवर्तन भएको बाहेक) देखिएको र सो परिवर्तनको कारणले सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा भएको देखिएमा ।
–तीन वर्षको औषत् व्यापारिक आम्दानीको कम्तिमा ३० प्रतिशत भन्दा बढी कारोवार सम्बद्ध व्यक्तिसँगको कारोवार (सरकारी निकायसँगको कारोवार बाहेक) रहेको देखिएमा ।
–संगठित संस्थाको गैर संचालन आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित बाहेक) वा जगेडा कोष (नाफा नोक्सान हिसावबाट रकमान्तर हुने बाहेक) वा दुवै को कारणले सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा भएको देखिएमा ।
–लेखापरीक्षकको प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको र सो कैफियतसँग सम्बन्धित रकमहरुलाई समायोजन गर्दा सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिएमा ।
–लेखापरीक्षकले जारी गरेको प्रतिवेदनमा उल्लेखित कैफियत सुधारको लागि अघिल्लो वर्षको वित्तीय विवरणहरु पुर्नःव्यक्त गरेको बाहेक अन्य कारणले वित्तीय विवरणहरु रिस्टेट गरेको र सो पुर्न वयक्तको कारणले कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा हुने देखिएमा ।
–संगठित संस्थाको वित्तीय विवरणमा स्वपूँजीमा गत वर्षहरुको त्रुटिहरुको समायोजन भएको र सो समायोजनको कारणले सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा भएको देखिएमा ।
देहायको अवस्थामा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सहित विगत तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विववरण र अपरिष्कृत वित्तीय विवरणको आधारमा पुनरावलोकन तथा जाँचबुझ गरिने छ ।
क. बुँदा नं १.१.१ र १.१.२ को अवस्थाहरु एकीकृत गरी समायोजन गर्दा सार्वजनिक निष्काशनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्डहरु पूरा नहुने देखिएमा ।
ख. बुँदा (क), १.१.१ र १.१.२ र को अवस्था संगठित संस्थाको पछिल्लो अन्तरिम अवधिको अपरिष्कृत वित्तीय विवरणमा कायम रहेको देखिएमा ।
ग. संगठित संस्था सम्बन्धी प्रचलित कानुनको परिपालना नभएमा वा वित्तीय अपराधिक गतिविधिको संकेत शंका लागेमा वा सार्वजनिक रुपमा सम्प्रेषण भएका घटना जसको कारण सम्बन्धित निवेदक संस्थाको वित्तीय अवस्थामा उल्लेखनीय असर पर्न सक्ने देखिएमा वा यस्तै अन्य कारणबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकले वित्तीय विवरण पुनरावलोकन गर्न आवश्यक देखेमा ्र
विशेष (क्षेत्रगत मापदण्ड)
बुँदा नं १.१ मा उल्लेखित साधारण मापदण्डका अतिरिक्त अन्य विशेष क्षेत्रगत संगठित संस्थाको हकमा लागु हुने ।
१ उत्पादनमूलक र प्रशोधन उद्योग
–पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा ७५ प्रतिशत भन्दा बढी विक्री आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित आम्दानी) को रकम व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिएमा ।
–पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित औषत् व्यापारिक आम्दानी वा प्रत्यक्ष खर्चको कम्तिमा ३० प्रतिशत भन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोवार (सरकारी निकाय बाहेक) रहेको देखिएमा ।
–पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा कुल नाफा अनुपात त्यस अघिको दुई आर्थिक वर्षको औषतको तुलनामा ३० प्रतिशत भन्दा बढी फरक परेको देखिएमा ।
–पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा व्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको व्याज खर्च, व्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रुपमा फरक रहेको देखिएमा ।
होटल तथा पर्यटन
–पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा ५० प्रतिशत भन्दा बढी विक्री आम्दानी (व्यवसायसँग प्रत्यक्ष सम्बन्धित आम्दानी) को रकम व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिएमा ।
–पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित औषत् व्यापारिक आम्दानी वा प्रत्यक्ष खर्चको कम्तिमा ३० प्रतिशत भन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोवार (सरकारी निकाय बाहेक) रहेको देखिएमा ।
–पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा कुल नाफा अनुपात त्यस अघिको दुई आर्थिक वर्षको औषतको तुलनामा ३० प्रतिशत भन्दा बढी फरक परेको देखिएमा ।
–पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा व्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको व्याज खर्च, व्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रुपमा फरक रहेको देखिएमा ।
जलविद्युत उर्जा तथा उर्जा पुर्वाधार
–पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा परियोजनाको कुल खर्चको ३० प्रतिशत भन्दा बढी रकमको कारोवार सम्बद्ध व्यक्ति मार्फत भएको देखिएमा ।
–पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा आईएफआरआईसी–१२ लेखामान अनुसार प्रयोग हुने आईआरआरको दर विभिन्न आ व मा फरक फरक रहेको र सो फरक रकम समायोजन गर्दा नेटवर्थ, खुद नाफा लगायत अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिएमा ।
–पछिल्लो लेखापरीक्षण भएको आर्थिक वर्षको वित्तीय विवरणमा व्याज वित्तीय खर्चको रकम त्यस अघिको दुई आर्थिक वर्षको व्याज खर्च, व्याजदर र ऋण रकमको तुलनामा उल्लेख्य रुपमा फरक रहेको देखिएमा ।
–संगठित संस्थाको मुख्य परियोजनाको निर्माण अवधिमा नै अन्य परियोजनामा लगानी गरिएको र सो लगानी बापतको रकम सार्वजनिक निष्काशन गर्ने रकम बरावर वा सो भन्दा बढी भएको ।
लगानी कम्पनी
–पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा औषत् प्रत्यक्ष आम्दानी वा प्रत्यक्ष खर्चको कम्तिमा ३० प्रतिशत भन्दा बढी सम्बद्ध व्यक्तिसँगको कारोवार (सरकारी निकाय बाहेक) रहेको देखिएमा ।
–पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित प्रत्यक्ष आम्दानी आफ्नो मूल व्यवसायीक उद्देश्य बमोजिम रहेको नदेखिएको वा नियामकीय व्यवस्थामा उल्लेखित लगानीयोग्य क्षेत्र भन्दा फरक रहेको देखिएमा ।
–संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार चुक्तापूँजीको ५० प्रतिशत भन्दा बढी रकम आफ्नो मूल व्यवसायीक उद्देश्यभन्दा फरक प्रयोजनको लागि प्रयोग भएको देखिएमा ।
–संगठित संस्थाको पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा आफ्नो लगानी नीतिको लेखाकंन बारम्बार परिवर्तन गरेको देखिएको र सो परिवर्तनसँग सम्बन्धित रकम समायोजन गर्दा सार्वजनिक निष्काशनको लागि पूरा गर्नुपर्ने वित्तीय मापदण्डहरु जस्तै नेटवर्थ, खुद नाफा, आदि पुरा नहुने देखिएमा ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































