जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ६ सदस्यीय बन्यो रास्वपा सचिवालय

६ सदस्यीय बन्यो रास्वपा सचिवालय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार गरिएको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा दुई जना सदस्य थप गरिएको हो । यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।

प्रवक्ता मनिष झाका अनुसार, सोमबार सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए ।

यी हुन् रास्वपा सचिवालय सदस्यको संख्या–

रवि लामिछाने– सभापति

स्वर्णिम वाग्ले– उप सभापति

कविन्द्र बुर्लाकोटी– महामन्त्री

भूपदेव साह– महामन्त्री

विपिन आचार्य– सहमहामन्त्री

लिमा अधिकारी– कोषाध्यक्ष

वसु माया तामाङ– सहकोषाध्यक्ष्य

मनिष झा– प्रवक्ता

गणेश पराजुली– सचिवालय सदस्य

दिपक बोहरा– सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ– सचिवालय सदस्य

शिशिर खनाल– सचिवालय सदस्य

सोबिता गौतम– सचिवालय सदस्य

हरि ढकाल– सचिवालय सदस्य

सागर ढकाल– सचिवालय सदस्य

सरिता श्री ज्ञवाली– सचिवालय सदस्य

450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका