जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डिजिटल बैंकको लाइसेन्स खोल्ने अर्थमन्त्रीको संकेत

डिजिटल बैंकको लाइसेन्स खोल्ने अर्थमन्त्रीको संकेत

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) जारी गर्दै डिजिटल बैंकको अपरिहार्यता औंल्याएका छन्। सोमबार श्वेतपत्र सार्वजनिक गर्दै उनले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले संख्या घटेको अवस्थामा वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाउन प्रविधियुक्त डिजिटल बैंक आवश्यक रहेको बताएका हुन्। विगत एक दशकदेखि नयाँ वाणिज्य बैंक र वित्तीय संस्थाको इजाजत प्रक्रिया रोकिएको उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ, “वित्तीय क्षेत्रलाई गतिशील र प्रतिस्पर्धी बनाउन डिजिटल बैंक जस्ता प्रविधियुक्त वित्तीय संस्था आवश्यक छ।”

समग्र वित्तीय पहुँच बढे पनि कर्जाको पहुँच अझै न्यून रहेको श्वेतपत्रले देखाएको छ। विशेषगरी लघुवित्त क्षेत्रमा ऋण नतिर्न उक्साउने प्रवृत्तिका कारण निष्क्रिय कर्जा बढेको मन्त्री वाग्लेको ठहर छ। “अझै केही स्थानमा उच्च गरिबी रहेको सन्दर्भमा गरिबी निवारण र महिला सशक्तीकरणका लागि लघुवित्त संस्थाहरूलाई सामाजिक बैंकिङतर्फ उत्प्रेरित गर्नुपर्ने देखिन्छ,” श्वेतपत्रमा उल्लेख छ। अर्थमन्त्रीले वित्तीय साक्षरता र प्रविधिको विस्तारले आगामी दिनमा बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?