जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृह

प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृह

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बनाइएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ।

तीनैजना उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी छिन्।

4270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका