जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले मंगलबार पाण्डेको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । पाण्डेकी पत्नी निरु दाहालले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् ।

अदालतले दुवै पक्षको बहस र प्राप्त प्रमाणहरूको अध्ययनपछि पाण्डेलाई थुनामा राख्ने प्रक्रिया कानुनसम्मत नदेखिएको निष्कर्ष निकालेको छ । यो फैसलासँगै पाण्डेलाई तत्काल थुनामुक्त गर्न अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले स्मार्ट टेलिकम प्रालिको सम्पत्ति व्यवस्थापनका क्रममा ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो । स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण नगरेपछि सरकारको नियन्त्रणमा आएको सम्पत्ति लिलामी प्रक्रियामा पाण्डेले बैंकको तर्फबाट बदनियतपूर्वक काम गरी सरकारलाई हानि पुर्‍याएको प्रहरीको दाबी थियो ।

यद्यपि, सर्वोच्चले हिरासतमा राख्ने आधार पर्याप्त नभएको भन्दै पाण्डेलाई रिहा गर्न निर्देशन दिएको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका