जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • आइएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

आइएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आइएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा परिचालन गरिनेछ।

समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। आईएमई लाइफ इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

‘इन्स्योरिङ फ्युचर’ को मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?