जोडिनुहोस
शनिबार, जेष्ठ २३, २०८३
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • हिमालयन लाइफद्वारा आश्रमलाई खाद्यान्न सहयोग

हिमालयन लाइफद्वारा आश्रमलाई खाद्यान्न सहयोग

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग प्रदान गरेको छ। वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले आयोजित एक कार्यक्रमका बीच कम्पनीका गण्डकी प्रदेशका उपप्रादेशिक प्रमुख बलराम गौतमले आश्रमकी सञ्चालिका विपना तामाङलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै उपप्रादेशिक प्रमुख गौतमले असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको सेवामा समर्पित मानव सेवा आश्रमले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। खाद्यान्न ग्रहण गर्दै आश्रमकी सञ्चालिका तामाङले आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने गरी प्रदान गरिएको यस सहयोगका लागि हिमालयन लाइफ इन्स्योरेन्स परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो। विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै उहाँले यस्ता सामाजिक सहकार्यले सेवाको दायरालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?