जोडिनुहोस
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा ज्ञानेश्वरमा ‘कफी लाउन्ज’ सहितको डिजिटल हब सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा ज्ञानेश्वरमा ‘कफी लाउन्ज’ सहितको डिजिटल हब सञ्चालनमा

महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार आयोजित कार्यक्रममा उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हब तथा कार्यालय भवनको संयुक्त उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले डिजिटल बैंकिङ सेवालाई अझ आधुनिक, सुरक्षित, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउने रणनीतिअनुसार डिजिटल हबमा कफी लाउन्जको सुविधा समेत थप गरेको जनाएको छ। यसमार्फत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्नेछन्।

बैंकका अनुसार यस प्रकारको कफी लाउन्जसहितको डिजिटल बैंकिङ सेवा नेपालका बैंकिङ क्षेत्रमा सम्भवतः पहिलोपटक सञ्चालनमा ल्याइएको हो। युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस डिजिटल हबबाट डिजिटल बैंकिङ सम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुनेछ। बैंकले यसलाई ग्राहकका लागि डिजिटल वित्तीय सेवाबारे सिकाइ र अनुभव हासिल गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

साथै, नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स (Regulatory Sandbox) अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र ग्राहकलाई नवीन डिजिटल सेवा उपलब्ध गराउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

 

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्