कर्पाेरेट
सिटिजन्स बैंकद्वारा बाराको विश्रामपुरमा निःशुल्क आँखा परीक्षण शिविर, ८०० जनाले सेवा लिए

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बारास्थित विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ।
‘स्वस्थ दृष्टि र उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ आयोजित शिविरमा करिब ८०० जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रियाको व्यवस्था गरिएको बैंकले जनाएको छ।
आषाढ १२ देखि १६ गतेसम्म सञ्चालन भएको शिविर बरैनिया, छतवा, मुसहरवा, बलिरामपुर र नकटुवालगायतका क्षेत्रमा आयोजना गरिएको थियो। सहभागीले निःशुल्क आँखा परीक्षणका साथै आवश्यकताअनुसार मोतिबिन्दुको शल्यक्रिया सेवा पनि प्राप्त गरेका छन्।
स्थानीय बासिन्दालाई समयमै आँखा परीक्षण गराई दृष्टिसम्बन्धी समस्याको पहिचान तथा उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बैंकले जनाएको छ। यस कार्यक्रममार्फत समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सिटिजन्स बैंकले हालै विभिन्न डिजिटल बैंकिङ सेवा विस्तार गर्दै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन, सीआरएन नम्बर सेवा तथा क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराउँदै आएको छ।
हाल बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































