
प्रभु बैंकले भक्तपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा ग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले उक्त नयाँ शाखाको उद्घाटन गरे । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै, संघीय सांसद बस्नेतले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा व्यक्त गरे । बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही उपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । साथै, बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































