जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डेभलपमेन्ट बैंकर्स एशोसियशनको अध्यक्षमा गोविन्दप्रसाद ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियशनको अध्यक्षमा गोविन्दप्रसाद ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियशनको १३ औं वार्षिक साधारण सभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई अध्यक्ष चयन गरेको छ ।  एक वर्षअघि तात्कालिन अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकबाट बाहिरिएपछि उक्त पद खालिरहेको थियो ।  शुक्रबार बसेको एशोसिएशनको १३ औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल, द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली चयन भएका छने ।

त्यस्तैगरि, सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ रहेका छन् । सदस्यहरुमा भने रेशमप्रसाद जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, प्रवीण बस्नेत र नवीन सुवेदी चयन भएका छन् । एसोसिएसनमा हाल २९ ओटा विकास बैंकको प्रतिनिधित्व रहेको छ ।

6925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका