नेपालमा पछिल्लो समय दलाली शब्दले चर्चा पाउने गरेको छ । घरजग्गा किन्दा होस वा एउटा टोपी किन्दा दलाली गरिने परम्परा नेपालमा अझै कायम छ । यो दलाली शब्द अहिले बैंक र बीमा कम्पनी भित्र छिरेको छ भन्दा पत्याउन गाह्रो होला तर यो सत्य सावित भएको भेटिएको छ ।
नेपालका २८ वाणिज्य बैंकहरुले ठूला डिपोजिट दिनेहरु, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, नेपाल टेलिकम, नेपाली सेना, नेपाल प्रहरी जस्ता संस्थाहरुसंग व्याजदरको दलाली गरि ठूलो रकम भित्र्याएको कुरा त सबैलाई थाहा नै थियो । फेरि अर्को अच्चमको दलाली बैंक र बीमा कम्पनीबीच शुरु भएको भेटिएको छ । नेपालका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको यो ६ महिनामा कमाएको ४२ अर्ब रुपैया बिभिन्न बैंकहरुमा राख्ने गरेका छन् । तर रकम ब्याज दिएर उनीहरु राख्दैनन् । उनीहरुले बीमा लेख अब बैंक्हरुले बिक्री गरिदिनु पर्ने भएको छ । सुन्दा पनि अच्चम लाग्ने चर्को ‘दलाली’ शब्द बीमा कम्पनी भित्र छिरेको भेटिएको छ ।
यस्तो दलाली परम्पराले नेपालको अर्थतन्त्र कता जाने हो त भनी प्रश्न गर्दा राष्ट्र बैंकका प्रवक्त लक्ष्मी प्रपन्न निरौला भन्दछन्ः– बैंकहरुले आवधिक कर्जाहरुको बीमा गराउनु ठिक हो तर ग्राहककै जीवन बीमा गराउन जबरजस्ती बाध्य बनाउनु गलत हो । यस्तो गलत अभ्यास भएका बैंक र वित्तिय कम्पनीहरुको बारेमा छानवीन गर्न राष्ट्र बैंक तयार छ । उनीले थपेः– यो विषय अहिले चर्चामा छ । यसलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी सुपरिवेक्षण विभागले हेर्ने गर्दछ र गलत अभ्यास तत्कालै रोकिने छ ।
दलाली शब्दकै कारण डिपोजिट ल्याउन हम्मे हम्मे परेका बैंकहरुले डिपोजिट दिने संस्थाका प्रमुखहरुका आफन्तहरुलाई विदेश भ्रमण देखि पाँच तारे होटलमा रात्री सुन्दरी सहितको मदिरा भोज गराउने गरेको देखिन्छ । यस्तै भए अब बीमाका अध्यक्ष र सीइओका आफन्तलाई पनि बैंकमा जागिर दिने देखि विदेश भ्रमण र रात्री भोज गराउने संस्कार र संस्कृतिको विकास नहोला भन्न सकिदैन ।
अहिले बैंक र बीमा बजारमा अर्को एउटा शब्द चर्चित बनेको छ । त्यो हो बैंकाइन्स्योरेन्स यो किन गरिन्छ । यसको भित्री पाटो फरक भएको खुलेको छ ।
नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुको बैठकमा सनराइज बैंकका सीइओ रत्न राज्य बज्राचार्यले एउटा शब्द भनेका थिए । निक्षेपमा मोलमोलाई भयो । यसको पुष्टी हुँदै मात्र गएको छैन । प्रमाणित समेत भएको छ ।
पछिल्लो समय अधिकाशं बंैक र विकास बैंकहरुले पत्रकार बोलाएर नै बीमा र बैंकबीच एउटा बैकाइन्स्योरेन्स सम्झैता गर्ने गरेका छन् ।
यो गर्नुको पछाडी दुईवटा कारण देखिन्छ । एउटा हो बैंकहरुले बीमा कम्पनीहरुको ठूलो डिपोजिट पाउने र अर्को बैंकहरुले ग्राहकको बीमा पोलिसी विक्री गर्ने र कमिशन पनि पाउने डिपोजिट पनि पाउने कस्तो काइदाको व्यापार छ नेपामा ! जीवन बीमा र निर्जीवन बीमा गरि ३९ वटा बीमा कम्पनीका सीइओहरुलाई आजकल फुर्सदै छैन, कारण हो बैंकाइन्स्योरेन्स सम्झौता गर्न । हेर्दा पनि घिन लाग्ने दलाली शुरु गरेका बीमा कम्पनीका सीइओ र अध्यक्षहरुलाई तत्कालै बीमा समितिले कारवाही गर्नु पर्दछ की पर्दैन भनी बीमा समितिका अध्यक्ष चिरनजीवी नेपालसंग प्रश्न गर्दा उनीले भनेः– दलाली गर्न पाइदैन तपाईले भनेका कुरा सत्य सावित भए हामी तत्कालै यस्ता कम्पनी माथी छानवीन गरि कारवाही गर्न तयार छौं ।
एजेन्ट मार्फत बीमा पोलिसी बिक्री गरि महंगो गाडी र चर्को तलब भत्ता खाने र ठूला पत्रिकामा अन्र्तवार्ता दिएर हिड्ने ३९ बीमा कम्पनीका सीइओहरुको यो दलाली पेशालाई राज्यले कसरी लिने हो । त्यो हेर्न बाँकी छ । तर दलाली गरेर व्यापार गर्ने र कमिशन खान जनताको पैसामा पाइदैन । नयाँ बीमा कम्पनीहरु खुलेपछि यस्तो दलाली पेशा चर्किएको भेटिएको छ । बैंकसँग सम्झौता गरेर त्यहीँबाट बीमालेख बिक्री गर्ने क्रम बढेको देखिन्छ । सम्झौताबाट बैंकलाई कमिसन आउँछ भने बीमा कम्पनीको ब्यापार वृद्धि हुन्छ । बैंकास्योरेन्समार्फत बीमालेख बिक्री,प्रिमियम भूक्तानीदेखि दावी भूक्तानीसम्मका काम हुन्छन्। निर्जीवन बीमा कम्पनीहरुको काम पनि बैंकहरुले गर्न थालेका छन् । गर्भनर साब के बैंकहरुलाई जे पनि गर्न छुट दिने ? यो राज्यमा कानूनी शासन छैन ? यसो गर्दा बैंकहरुलाई कमिसन बाहेक सम्बन्धित बीमा कम्पनीले आफूले संकलन गरेको प्रिमियमबाट ठूलो परिमाणको निक्षेप बैंकलाई दिन्छन् । तरलता अभावसँग जुधिरहेका बैंकहरुलाई बीमा कम्पनीहरुले बैंकास्योरेन्स गरे मात्र निक्षेप दिन दलाली शुरु गरेपछि बैंक र बीमाबीच सम्झौता गर्ने क्रम दिन दुई गुना रात चौगुना बढेको देखिन्छ ।
बैंकास्योरेन्स समझदारी नगर्ने हो भने निक्षेप दिदैनौ । एक बैंकरले राजतिलक साप्ताहिकसंग भने, ‘बैंकास्योरेन्स गरेर जसले धेरै बीमालेख बिक्री गरिदियो उसले बढि निक्षेप पाउने भएको छ । त्यसैले गर्दा बैंकले आफ्ना कर्मचारीलाई बैकको भन्दा पनि बीमालेख बिक्री गर्नका लागि खटाउने गरेको देखिन्छ । । गर्भनर साब कुरा के हो ?
यतिसम्मकी आजकल कतिपय बैंकले ऋण माग्न आउने ग्राहकलाई जीवन बीमा गरे मात्र पैसा दिन सकिने शर्त पनि तेर्स्याउने गरेका देखिन्छ । यो कहाँको नियम हो गर्भनर साब ?
कतिपय बैंकले त स्वास्थ्य बीमासमेत गराइरहेका छन् । निक्षेपको लोभमा परेर स्वास्थ्य बीमा गराउने दबाबमा बैंकका कर्मचारीहरु हुने गरेको एक कर्मचारीले राजतिलक साप्ताहिकलाई बताए ।
उनीले थपे बैंकले नै बीमाको सेवा उपलब्ध गराउनु विश्वब्यापी अभ्यास भएपनि ग्राहकलाई बाध्य पारिनु भने गलत हो। तर, बीमालेख बिक्री नगरिदिने हो भने बैंकहरुले डिपोजिट नै पाउँदैनन् ।
अहिले अधिकांस बैंकहरुले आप्ना शाखा कार्यालयका कर्मचारीलाई बीमा कम्पनीको बीमालेख पनि बिक्री गर्ने ‘म्यान्डेट’ दिने गरेका छन् । यो राष्ट्र बैंकको निर्देशन विपरित छ कि छैन गर्भनर डा. चिरनजीवी नेपाल ज्यू ? उनीहरुको बार्षिक कार्यप्रगतिमा कतिवटा बीमालेख बिक्री गर्यो भनेरसमेत हेरिन थालेको भेटिएको छ । यो दलाली कहिलेसम्म ?
सबैजसो २८ वाणिज्य बैंकहरुले बीमा कम्पनीहरुसँग बैंकास्योरेन्स सम्झौता गरेका छन् । अहिले प्रत्येक दिनजस्तो कुनै न कुनै बैंक वित्तीय संस्थासँग बीमा कम्पनीहरुले बैंकास्योरेन्स सम्झौता गरेको प्रेस विज्ञप्ति हेर्ने र पढ्न पाइन्छ गर्भनर साब ?
अर्को महत्वपूर्ण कुरा के पनि छ भने बैंकहरुलाई बीमालेख बिक्री गर्दा चर्को कमिसन आउने हुँदा नियमित आम्दानी पनि वृद्धि भइरहेको हुन्छ । भनेर जे पनि गर्ने छुट बैंकहरुलाई छैन । सचेत भया । राजतिलक साप्ताहिक