जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कुमारी र एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याज घटाए

कुमारी र एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याज घटाए

बजारमा तरलता फालाफाल तर ऋण लगानी नहुने भएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर घटाउन थालेका छन्।

माघ १ बाट लागू हुने ब्याज दुई बैंकले प्रकाशित गरिसकेका छन्। नियामकीय प्रावधान अनुसार, मसान्तअघि प्रकाशित गरिसक्नु पर्छ।

कुमारी बैंकले पुसमा ९.०१२ प्रतिशत अधिकतम ब्याज दिँदै आएकोमा माघबाट ८.११ प्रतिशत मात्र दिने जनाएको छ। यो ब्याज पनि एक वर्ष वा त्योभन्दा माथि अवधिका लागि पैसा जम्मा गर्नेले मात्र पाउने हुन्। त्योभन्दा कम अवधिका लागि बैंकले ६.५ देखि ७.२५ प्रतिशत मात्र ब्याज दिने छ।

बैंकको मंसिरको आधार दर १०.६६ प्रतिशत छ। बैंकले आधार दर आक्रमक रुपमा घटाउन खोजेको छ। उसलाई तत्कालै ऋण विस्तार गर्नुपर्ने आवश्यकता छैन। त्यही भएर पनि उसले ब्याज दर आक्रामक रुपमा घटाइरहेको हो। बैंकको बचतको ब्याज ६.११ देखि ४.११ प्रतिशत छ।

एनआइसी एसिया बैंकले पनि रणनीतिक रुपमा ब्याज दर घटाइरहेको छ। बैंकले ८.६७ प्रतिशतको ब्याजलाई ८.०६५ प्रतिशतमा झारेको हो। यो ब्याज दुई वर्षदेखि माथि निक्षेप राख्नेले पाउने हुन्।

२ वर्षसम्म राख्नेले ७.७५ प्रतिशत, डेढ बर्ष राख्नेले ७.५ प्रतिशत र एक वर्ष राख्नेले ७.२५ प्रतिशत ब्याज पाउने छन्। बैंकले मुद्दती निक्षेपको न्यूनतम ब्याज ६.२५ प्रतिशत तोकेको छ। बचतको ब्याज ३.९८ प्रतिशतमा आएको छ। बैंकको आधार दर १०.३९ प्रतिशत छ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्