जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकले कात्तिक गते मनायो रजत जयन्ती

एभरेष्ट बैंकले कात्तिक गते मनायो रजत जयन्ती

एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा १८ अक्टुबर, २०१९ मा लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

१ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकउत्सव मनाइएको छ ।

हालै बैंकले आफ्नो फराकिलो आन्तरिक सञ्जालमा रहेका ९४ शाखा कार्यलयहरु, ३० राजस्व संकलन केन्द्र, १२२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

12820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका