जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • संस्थापक सेयरधनीलाई आफ्नै बैंकबाट ऋण लिन रोक

संस्थापक सेयरधनीलाई आफ्नै बैंकबाट ऋण लिन रोक

राष्ट्र बैंकले संस्थापक सेयरधनीलाई आफू आबद्ध संस्था (बैंक तथा वित्तीय संस्थालगायत)बाट ऋण लिन रोक लगाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाको सञ्चालकलाई मात्रै पेस्की तथा ऋण सुविधा लिन रोक लगाइएको थियो ।

अब सञ्चालकसहित संस्थापक सेयरधनीले पनि आफू आबद्ध संस्थाबाट कुनै पनि प्रकारको पेस्की तथा ऋण–सापटी लिन नपाउने नीति ल्याइएको छ । कर्जाको दुरुपयोग घटाउने र सदुपयोग बढाउने उद्देश्यअनुरूप यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी कुनै एक बैंक तथा वित्तीय संस्था, मनी चेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक–पदाधिकारीका रूपमा बहाल रहेको व्यक्ति एकैपटक भुक्तानीसम्बन्धी कार्य गर्ने अर्को संस्थामा प्रतिनिधित्व गर्न नपाउने नीति पनि ल्याइएको छ ।
यद्यपि, अर्को संस्थामा लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउनेछन् । साथै, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा पनि यस व्यवस्थाले बाधा नहुने बताइएको छ । यसैगरी अब भुक्तानी सेवाप्रदायक संस्थाको सेयर किन्ने व्यक्तिको प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

3220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका