जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बजार महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी (राष्ट्र बैंकको प्रतिवेदनसहित)

बजार महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी (राष्ट्र बैंकको प्रतिवेदनसहित)

चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्रले दिएको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यस्तो मुद्रास्फीति बैशाख मसान्तसम्म भारतको तुलनामा नेपालको ०.८ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ । बैशाखको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.८७ प्रतिशत र सन् २०२२ अप्रिलमा भारतमा ७.७९ प्रतिशत रहेको बैंकको भनाइ छ ।

यसैगरी चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा विप्रेषण आप्रवाह (रेमिटेन्स) ०.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यश वर्ष ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुको संख्यामा पदोन्नति आई २ लाख ७८ हजार २९८ जना पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या २ अर्ब ३० करोड ४६६ रहेको थियोे ।

2680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका