जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित

सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित

सनराइज बैंक लिमिटेडले शेयरधनीहरुका लागि नगद लाभांश र बोनस शेयर बाँड्ने भएको छ । बैंकको १२ अाैं वाषिक साधारण सभा ले उक्त निर्णय पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ५ दशमलव ८० प्रतिशतका दरले हुने सत्चालीस करोड अट्ठाईस लाख अठचालीस हजार दुई सय उनान्चालीस रुपैयाँ छत्तीस पैसा र बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

बोनस शेयर र नगद लाभांश करसमेत गरि १० प्रतिशतका दरले हने एकासी करोड बाउन्न लाख पचपन्न हजार पाँच सय पचासी रुपैयाँ दश पैसा  बोनस शेयर पचपन्न हजार पाँच सय पचासी रुपयाँ दश पैशा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

२०६४ साल आश्विन २५ मा स्थापना भई हाल उक्त बैंकको चुक्ता पूँजी ८ अरब भन्दा बढी रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच प्याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

12490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका