जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

नबिल बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

नबिल बैंकले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले चैत २ गतेबाट ऋणपत्र निष्कासन गर्नेछ।

चैत ५ गतेसम्म बिक्री गर्ने लक्ष्य राखिएको ऋणपत्र त्यसबीचमा नबिके १६ गतेसम्म बिक्री खुला हुने छ। ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत छ। ऋणपत्र २०८२ सालमा परिपक्व हुनेछ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरको ऋणपत्र निष्कासनको टुंगो गरेको छ। खरिदकर्ताले न्युनतम २५ कित्ता किन्नु पर्नेछ। अधिकतम सबै किन्न पनि सकिने छ।

बैंकले १२ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट (ब्यक्तिगत तवरबाट) बिक्री गर्नेछ। बाँकी ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

11955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका