जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अधिकांश बीमा कम्पनीहरुका शाखा कार्यालय खुले

अधिकांश बीमा कम्पनीहरुका शाखा कार्यालय खुले

सरकारले आजदेखि लकडाउन खुकुलो गर्दै बैंक तथा वित्त कम्पनी तथा बीमा कम्पनीहरुलाई कार्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि अधिकांश बीमा कम्पनीका कार्यालय खुलेका छन् ।

४० वटै बीमा कम्पनीको केन्द्रीय कार्यालय केही दिनअघिदेखि सञ्चालनमा आएपनि शाखा कार्यालयहरु भने खुलेका थिएनन् । सरकारले पास उपलब्ध गराएर एक तिहाई कर्मचारीबाट सबै सेवा प्रदायकका कार्यालय खोल्ने निर्णय गरेसँगै बीमा कम्पनीका अधिकांश शाखा कार्यालयहरु सञ्चालनमा आएका हन् । बीमा कम्पनीहरुले उपत्यकाका तीन वटै जिल्ला र राजधानी बाहिर रहेका शाखा कार्यालयहरु सञ्चालन गरेका हुन् ।

राजधानी काठमाडौंका केही शाखा कार्यालय पास अभावको कारण खोल्न नसकेको भएपनि बीमा समितिले सबैलाई पास उपलब्ध गराएर आइतबारदेखि शतप्रतिशत कार्यालय खोल्ने तयारी गरिएको छ । बीमा कम्पनीहरुलाई पास उपलब्ध गराउने सम्बन्धमा बीमा समितिले आजै ठोस निर्णय गर्नेछ

8130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका