जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • एनआइसी एसिया लघुवित्तले ऋणीलाई पाकेको ब्याजमा १०% छुट दिने

एनआइसी एसिया लघुवित्तले ऋणीलाई पाकेको ब्याजमा १०% छुट दिने

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले अतिरिक्त १० प्रतिशत थप ब्याज छुट दिने भएको छ।

संस्थाले सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नु पर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत छुट दिने भएको हो।

यसबाहेक हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने भएको छ। राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाका ऋणीहरुले चैत मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशत बिन्दु ब्याज छुट प्रदान गर्न निर्देशन दिएको थियो।

तीन प्रतिशत बिन्दु ब्याज घटाएपछि कायम हुने ब्याज रकममा थप १० प्रतिशत छुट ऋणीले पाउने छन्। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा लागू हुने छ। यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यहरुको खातामा जम्मा हुने छ।

राष्ट्र बैंकले चैतमा दिएको छुट वापतको हुन आउने १९ लाख ८३ हजार ५६७ रुपैयाँ संस्थाले ग्राहकको खातामा जम्मा गरिसकेको छ।

8795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?