जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विशाल बजार कम्पनी र साल्ट ट्रेडिङलाई धितोपत्र बोर्डको स्पष्टिकरण,साधारणसभाको जानकारी माग

विशाल बजार कम्पनी र साल्ट ट्रेडिङलाई धितोपत्र बोर्डको स्पष्टिकरण,साधारणसभाको जानकारी माग

नेपाल धितोपत्र बोर्डले समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई प्रष्टिकरण सोधेको छ ।

बोर्डका अनुसार बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशन र अन्य केही जलविद्युत कम्पनीलाई बोर्डले असोज मसान्तमा स्पष्टिकरण सोधेको बोर्डले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत संस्थाहरुले समयमा साधारणसभा गर्ने, समयमा नै वित्तीय विवरण सार्वजनिक गर्ने गर्नुपर्छ ।

तर अहिले सेयरको मूल्य धेरै बढेका केही कम्पनीहरुले समयमा नै साधारणसभा नगर्नुको साथै वित्तीय विवरण पनि प्रकाशित गरेका छैनन् । त्यस्ता कम्पनीको बिशाल बजार कम्पनी, साल्ट ट्रेडिङ  कर्पोरेशन लगायतका छन् ।

कर्पोरेशनले वित्तीय विवरण सार्वजनिक गरिरहेपछि आर्थिक वर्ष २०७५ साल चैत ११ गते साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

अहिले कर्पोरेशनभन्दा ठूला समस्या बिशाल बजार कम्पनीमा देखिएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७२÷०७३ सालमा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो त्यसपछि कुनै पनि वित्तीय विवरण प्रकाशित गरेको छैन ।

कम्पनीले साधारणसभा पनि आर्थिक वर्ष २०७१/०७२ मा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन । कम्पनीले २०७४ साउन ३१ गते अदालतले साधारणसभा गर्नु भनेर आदेश दिएपछि साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

जसले गर्दा कम्पनीका लगानीकर्ताले पाउने सूचना समयमा नै पाउन सकेका छैनन् । त्यती हुँदा पनि कम्पनीको सेयर मूल्य धमाधम बढी रहेको छ ।

कम्पनीको सेयर मूल्य १ महिनामा दोब्बर बढेको छ । एक महिनाअघि प्रतिकित्ता १६४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य एक महिनापछि ३३२९ रुपैयाँ पुगेको छ ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०२ रुपैयाँले बढेर ३३२९ रुपैयाँ पुगेको छ । बिहीबार मात्रै नभएर केही समय यता कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ ।
उक्त कारोबारलाई नियायक निकायदेखि सबैले शंकाको दृष्टिले हेरी रहेका छन् । तर कुनै पनि निकायले आधिकारीकरुपमा कुनै गतिविधि गर्न सकेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १ अर्ब ६३ करोड ५८ लाख ७० हजार ६ सय रुपैयाँ रहेको छ ।
यता साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य एक महिनाको अवधिमा प्रतिकित्ता ३ हजार ७४२ रुपैयाँले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको छ । बजारका जानकारहरुले यो बढाइलाई अस्वभावित बढोत्तरीको रुपमा लिएका छन् ।

हाल कम्पनीको चुक्तापुँजी १५ करोड ३५ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ११ अर्ब ११ करोड ९४ लाख ९७ हजार १५६ रुपैयाँ छ ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक गरेर बोर्डमा प्रत्येक त्रैमासमा पेश नगर्ने कम्पनीलाई पत्र पठाइसकेको छ ।
कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ को २६ मा भएको वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था कार्यान्वयन नगरेको भन्दै त्यस्ता कम्पनीलाई नियमावली पालना गराउन सचेत गराएको छ । अहिलेसम्म बोर्डले नियमावली कार्यान्वयन नगर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छैन ।
जसले गर्दा कम्पनीहरु मनोमानी रुपमा चल्न थालेका छन् । नेप्सेका एक अधिकारीका अनुसार यस्ता कम्पनीहरुका भित्री कारोबार (इन्साइडर ट्रेडिङ) हुने भएकाले समयमा नै सचेत भएर हेर्न आवश्यक रहेको बताउँछन् ।

लामो समय सेयर मूल्य स्थिर रहेका, साधारणसभा नगर्ने, वित्तीय विवरण समयमा सार्वजनिक नगर्ने कम्पनीको बारेमा छानविनको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
यो काम बोर्ड वा नेप्से जसले गरे पनि हुने भएकोले कुनै निकायले पनि चासो नदेखाएको उनको तर्क छ ।

तर अहिलेको प्रचलन बोर्डले नेप्सेलाई सोध्ने र नेप्सेले कम्पनीलाई सोधेर बोर्डमा पठाएर आवश्यक कारबाही बोर्डले नै अघि बढाउने प्रचलन रहेको छ ।

नेप्से निकट स्रोतका अनुसार बोर्डले यतिबेला यस्ता गम्भीर विषयमा ध्यान दिन भ्याएको देखिएन । बोर्ड नतातेका कारण नेप्से पनि कानमा तेल हालेर बसेको उनको तर्क छ ।

नेपालमा मात्रै नभएर विश्वमा नै यस्ता खाले कम्पनीको सेयर मूल्य धमाधम बढन थाले पछि त्यसको भित्री कुरा खोतल्नु पर्ने र त्यसको लागि कम्पनीका उच्च अधिकारी, उनीहरुको नातागोता, एकाघरका सदस्यले कसरी सेयर कारोबार गरिरहेका छन् ।

कानून अनुसार सेयर कारोबार गरिरहेका छन की छैनन हेरिन्छ । त्यस्तो हेर्दा शंकास्पद कारोबार देखिएको खण्डमा प्रहरीको सहयोग लिएर समेत कारबाहीको दायरामा ल्याउन सकिन्छ । यस्तो अवस्था देखिएमा कम्पनीका उच्च अधिकारी वा सूचना चुहिने सम्भावना भएका मनिसले को को सँग कुरा गरे, कुरा गर्दा कुनै सूचना चुहावट गरेकी भन्ने हेरिन्छ ।

अहिले बिशाल बजारको पनि कुनै गतिविधि सार्वजनिक नहुँदा जसरी सेयर मूल्य बढेको छ, यसमा पनि भित्र केही हुनसक्ने भन्दै हेर्न सकिन्छ ।

कम्पनीको वित्तीय गतिविधि सार्वजनिक नगर्ने, नाफा कमाएको सूचना निश्चित व्यक्तिलाई दिएर भित्री सूचना चुहावट गरिरहेका छन की ? भनेर अनुसन्धान गर्न सक्ने ठाँउ छ ।

नेप्सेका ति अधिकारीले भने ‘नेपालको नियामक निकायले यो काम गर्न सक्ने भएपनि अहिले यसको अपेक्षा गर्न सक्ने सम्भावन छैन । नेप्से वा सेबोनले यो गरेका पनि छैनन्, भविश्यमा पनि यस्तो काम गर्लान जस्तो लाग्दैन ।’

केही समय अघिसम्म सेयर लगानीकर्ताका नेताहरुले यस्ता कम्पनीले समयमा नै सबै आफ्नो विवरण सार्वजनिक गर्नुपर्छ भनेर भाषण गर्ने भनेपनि बजार बढ्न थालेपछि त्यो बिर्सने गरेका छन् ।

7875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?