जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सञ्चय कोषको ७८ अर्ब बैंकमा थन्कियो

सञ्चय कोषको ७८ अर्ब बैंकमा थन्कियो

कर्मचारी सञ्चय कोषमा २७ हजार नयाँ सञ्चयकर्ता थपिएका छन्। यो अघिल्लो वर्षको तुलनामा साढे ४ प्रतिशत बढी हो।
कोषले एक वर्षको विवरण अर्थमन्त्री डा. युवराज खतिवडालाई हालै बुझाएको छ। कोष सञ्चालक समिति अध्यक्ष तथा राजस्व सचिव रामशरण पुडासैनीले बुझाएको प्रतिवेदनमा कोषको कुल वित्तीय स्रोत ३० अर्ब ३९ करोड अर्थात ९.७४ प्रतिशतले बढेको उल्लेख छ । कोषसँग कुल ३ खर्ब ४२ अर्ब ४० करोड वित्तीय स्रोत रहेको बताए छ ।

कर्मचारी सञ्चय कोषले एक वर्षमा ४ अर्ब ४५ करोड नाफा कमाएको छ । कोषले आफूसँग भएको कुल स्रोतमध्ये साढे २३ प्रतिशत बैंकहरुको मुद्दती खातामा राखेको देखिन्छ । कोषले कुल ७८ अर्ब ७९ करोड बैंकहरुमा राखेको हो । एक खर्ब ८१ अर्ब अर्थात ५३.४६ प्रतिशत सञ्चयकर्ता सापटीमा गएको देखिन्छ ।

11120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका