जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मन्त्रिपरिषदले गर्यो १२ निर्णय

मन्त्रिपरिषदले गर्यो १२ निर्णय

साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । उक्त बैठकले गुणस्तरीय प्राविधि तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्रैक ७.४७ मिलियन करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै उक्त बैठकले दिगो खानेपानी तथा सरसफाई आयोजनाको लागि यूरोपियन युनियनबाट प्राप्त हुने यूरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

यस्तै नेपाली मूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनय गर्ने निर्णय गरेको छ । यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा.प्रकाशराज रेग्मी र डा. नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको छ

3980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?