जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • यति एअरलाईन्सको गम्भीर ध्यानाकर्षण

यति एअरलाईन्सको गम्भीर ध्यानाकर्षण

यति एअरलाईन्सले मिति २०७७ असार १६ गते (जुन ३०, २०२०) मङ्गलबार नयाँपत्रिका दैनिकको २०७७ असार १६ गते अघिल्लो (फ्रन्ट) पृष्ठमा मुख्य समाचार शीर्षकमा प्रकाशित समाचारमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एअरलाईन्सले उक्त समाचार प्रति प्रेस विज्ञप्तीनै जारी गरी अत्यन्त निकृष्ट भ्रामक र झुट्ठा समाचार प्रति यस यती एअरलाईन्सको गम्भीर ध्यानाकर्षण हुनुका साथै हामीले अत्यन्त आहत महशुस गरेका छांै । उक्त झुट्ठा र भ्रामक समाचारले आम जन समुदायमा गलत सन्देश पे्रषित हुनबाट रोक्न हामी खण्डन गर्न बाध्य भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छः–अल्टिच्यूट एयर नामक वायुसेवासँग यती समुहको कुनै पनि प्रकारको संलग्नता छैन । अल्टिच्यूट एयरका अध्यक्ष फूर्वा ग्याल्जेन शेर्पालाई नेपाल सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको विषय हामीसँग कुनै प्रकारले सम्बन्धित छैन र होइन पनि । सम्बन्धित मान्नीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री ज्यू स्वयम्ले कसैको दवावमा नभई दक्षता र कानून् सम्मत्को आधारमा नियुक्ति गरेको भनि स्पष्ट पारी सकेको तथ्य हाम्रो जानकारीमा रहेको छ ।

तर पुर्वाग्रहपुर्ण र दुराशयपुर्ण तवरले पत्रकारिताको धर्म नै बिर्सेर हाम्रो समुहको नाम जोडी समाचार प्रकाशित भएकोमा हामी अत्यन्त दुखित महशुस गरेका छौं । शेर्पा जनजाती समुदायको भएकै कारणले र यती एअरलाईन्सको सेवा प्राप्त गरेकै कारणले कोही यती समुहको मान्छे हुने होइन । त्यसैले फूर्वा ग्याल्जेन शेर्पाको यती माउण्टेन होम, कोङ्दे रिसोर्टमा संलग्नता भनि हामीसँग नाम जोडी प्रकाशित भएको समाचारमा लेशमात्र सत्यता छैन् भनि सम्पुर्ण जनसमुदायलाई जानकारी गराउन चाहन्छु ।

14970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका