जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सूर्या र ज्योति लाइफका अध्यक्षले गरे मर्जरको सहमतिपत्रमा हस्ताक्षर

सूर्या र ज्योति लाइफका अध्यक्षले गरे मर्जरको सहमतिपत्रमा हस्ताक्षर

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो ।

उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गर्नुभयो । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डिडिए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दु्रत गतिमा अगाडि बढाइने जानकारी गराइन्छ ।

नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी बृद्धी गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाइ लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ ।

यो मर्जर कार्यलाई सफलतापुर्वक सम्पन्न गराउन सम्पुर्ण शेयरधनी, नियामक निकायहरु, संचालक समिति, कर्मचारी तथा सम्बन्धीत सबै पक्षबाट पुर्ण सहयोग हुने विश्वास लिईएको छ ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका