जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सामसङको नोट २० र नोट २० अल्ट्रा आजदेखि बजारमा

सामसङको नोट २० र नोट २० अल्ट्रा आजदेखि बजारमा

सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ। आजैदेखि बजारमा उपलब्ध भएको दुवै स्मार्ट फोनहरुलाई काम गर्न र गेम खेल्न (वर्क एण्ड प्ले) थिममा बनाइएको कम्पनीले जनाएको छ।ग्यालेक्सी नोट २० सिरिजका मोबाइलले कम्प्युटर जस्तै काम गर्न सक्ने र प्रो गेमहरु सहजै खेल्न सकिने कम्पनीले बताएको छ। नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको स्मार्ट फोनलाई कार्यसम्पादनमा उत्कृष्टता ल्याउने गरी बनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालमा ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा ल्याउँदा हामी असाध्यै उत्साहित छौं। यो फोनको प्रि-बुकिङमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई धेरै नै उत्साहित बनाएको छ। हाम्रो नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ किनभने नोट फोनको तुलनामा अरु फोनले त्यतिको काम गर्ने सक्दैन। यसमा निरन्तर वर्क एण्ड प्ले गर्न सकिन्छ,’ सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए।

सामसङले प्रि-बुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस सित्तैमा दिएको थियो। यसैगरी ग्यालेक्सी वाच थ्रि र सामसङ एलइडी टिभीमा पनि छुट दिएको थियो। प्रि-अर्डर नगरेका प्राहकहरुले पनि यी स्मार्ट फोन किन्दा बिभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रीन रंगमा उपलब्ध छ भने ग्यालेक्सी नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक रंगमा पाइन्छ।

ग्यालेक्सी नोट २० को बजार मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ छ तोकिएको छ। यसैगरी ग्यालेक्सी नोट २० अल्ट्राको बजार मूल्य १ लाख ३९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

दुवै सेट किन्दा ग्राहकहरुले एकपटकको टुटफुटमा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यी मोबाइल सेट किन्न बिभिन्न बैंकबाट मासिक किस्तामा किन्न सकिने सुविधा पनि कम्पनीले दिएको बताएको छ। यसैगरी पुरानो सामसङको स्मार्टफोन साट्ने सुविधा पनि उपलब्ध भएको विज्ञप्तिमा जनाइएको छ

11985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?