जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालयका विद्याथीलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालयका विद्याथीलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकले श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बालुवाटार ४, काठमाडौं स्थित बैंकले त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मंगलबार स्कूल व्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्धव काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो ।

3205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका