जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूत सिफारिस

युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूत सिफारिस

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै शंकरदास वैरागी मुख्य सचिव हुने भएका छन्।

मन्त्रिपरिषद्ले नयाँ मुख्य सचिवमा वैरागीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। उनको राजीनामासँगै सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी मुख्य सचिवको दौडमा थिए। वैरागी बिहानै बालुवाटार पुगेका थिए।

रेग्मीले कार्यकाल सकिनुअघि राजीनामा नदिएको अवस्थामा तीनै सचिवहरुले अवकाश पाउने थिए।

यसैगरी मन्त्रिपरिषद्ले मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

8670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका